कस्तो रहला तपाईंको भोलिको दिन ?
विसं २०७७ साल साउन ०४ गते । आइतबार । ईश्वी सन् २०२० जुलाई १९ तारिख । नेपाल संवत् ११४० ।
हेर्नुहोस् तपाईंको राशिफल
मेष – काम प्रतिको लगाव बढ्नेछ । सहास,धैर्यता र पराक्रम बढ्नेछ । साना तिना काम गर्नलाई अरुको सहयोग लिनु पर्ने छैन । नयाँ व्यापारिक काम हात लाग्न सक्छ । काममा ढिला नगर्नु होला ।
वृष – दिन सामान्य अनुकुल देखिन्छ । काम गरेर धेरै आशा गर्नु व्यर्थ हुनेछ । आर्थिक कारोवारमा थोरै ध्यान दिनु आवस्यक छ । आफ्ना आन्तरिक कुरा कसैलाई पनि नखोल्नु होला ।
मिथुन – आजको दिन सफल देखिन्छ । काम काजमा कत्ति पनि विलम्ब नगर्नु होला । कुरा काट्नेहरु नै प्रशंसा गर्न थाल्ने छन् । व्यापार व्यवसायबाट धेर थोर लाभ लिन सकिनेछ ।
कर्कट – काम गरेर हात लाग्यो शून्य हुनसक्छ धैर्यता गरेर बस्नु नै उचित हुनेछ । नयाँ काममा हात नहाल्नु होला क्षति धेरै हुनेछ । व्यापार घट्नेछ । अनावस्यक काममा खर्च बढ्नेछ ।
सिंह – नोकरी तथा राजनीतिमा सोचे जस्तो सफलता मिल्ने छैन । आर्थिक कारोवारमा सजग रहनु होला । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।
कन्या – लगनशिल भई काम गर्नु होला गरेका काम सफल हुनेछन् । काम गर्दा गोपनीयता पनि अप्नाउनु होला । आयमूलक काममा बढि समय खर्च हुनेछ । नयाँ काम पाईने योग छ ।
तुला – इज्जतमा दाग लाग्न सक्छ काम गर्दा सजग रहनु होला । यात्राको सम्भावना देखिन्छ । अनावस्यक विषयमा टाउको दुखाउनु पर्ला । आम्दानी खर्च वरावरै जस्तो हुनेछ ।
वृश्चिक – दिन प्रतिकुल देखिन्छ । जोखिमपूर्ण काममा हात नहाल्नु होला । सुरक्षित यात्रा गर्नु होला । स्वास्थ्यमा समस्या आउन सक्छ । लेनदेन कारोवारमा समस्या आउनेछ ।
धनु – अर्थ अभावमा काममा ढिलाई हुन सक्छ । विवादित काममा हात नहाल्नु होला । स्वतन्त्र प्रकृतिका कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिन्छ ।
मकर – मनमा भय त्रास उत्पन्न हुन सक्छ । सामान्य खटाईबाट कार्य सम्पादन हुने छैनन । आफन्तसँग झगडा पर्न सक्छ सजग रहनु होला । शत्रु बढ्नेछन् गोपनीयता अप्नाउनु होला ।
कुम्भ – अरुको भर विश्वासमा काम नगर्नु होला अप्ठ्यारो पर्न सक्छ । अन्योलता बढ्नेछ । सन्तानको विषयले बढि सताउनेछ । यात्रामा कठिनाई आउनसक्छ । खर्च बढि होला ।
मीन – आफन्त बनेर धोका दिन सक्छन् विचार पूर्वक काम गर्नु होला । मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । काम गरेर न धन रहनेछ न इज्जत बचाउ सकिनेछ सतर्क रहनु होला ।
— वेदनिधि तिमिल्सिना
राशीफलमा जे जस्तो लेखे पनि तपाईको दिन शुभ रहोस् ।
तपाईको प्रतिक्रिया