अनुसन्धान अभिमुखीकरण गाेष्ठी
पाेखरा
अनुसन्धान व्यवस्थापन समिति, कन्या क्याम्पस पाेखराकाे अायाेजनामा शनिवार अनुसन्धान अभिमुखीकरण गाेष्ठी सम्पन्न भएकाे छ ।
वर्तमान परिवेशलाई मध्यनजर गर्दै सुरक्षाका उपाय अपनाएर अघि बढेकाे कार्यक्रमका पमुख अतिथि क्याम्पस सञ्चालन समितिका अध्यक्ष याेगेन्द्र प्रधानले समितिले अनुसन्धानलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने धारणा व्यक्त गरे ।
विशेष अतिथि क्याम्पस प्रमुख सुरेसकुमार मानन्धरले क्याम्पसले अनुसन्धानलाई महत्त्व दिएर कार्यक्रम गरिरहेकाे बताए ।
कार्यक्रमकाे उद्देश्यमाथि प्रकाश पार्दै अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. भूमिराज बस्ताकाेटीले गाेष्ठीले क्याम्पसमा अनुसन्धानका गतिविधिले तीव्रता पाउने विश्वास व्यक्त गरे ।
गाेष्ठीमा प्रशिक्षककाे महत्त्वपूर्ण भूमिका सह.प्रा. डा. नवराज न्याैपानेले निभाएका थिए । तिन चरणमा प्रस्तुत कार्यक्रममा प्राज्ञिक लेखन, अनुसन्धानात्मक लेखका प्रमुख अङ्ग तथा अन्य प्राविधिक पक्षमा व्यापक अन्तक्रिर्या भएकाे थियाे । सहभागीका तर्फबाट बाेल्दै उपप्राध्यापक लक्ष्मी सापकोटाले गाेष्ठी निकै उपलब्धिमूलक रहेकाे बताइन् ।
गाेष्ठीकाे सञ्चालन अनुसन्धान व्यवस्थापन समितिका सदस्य भूमिराज पण्डितले गरेका थिए ।
तपाईको प्रतिक्रिया