गण्डकी प्रदेश प्रमुखले भेटे पहिरोका घाइतेलाई

पोखरा
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले म्याग्दीको मराङ र कास्कीको सराङकोटमा गएको पहिरोमा परी घाइते भएकाहरूलाई भेटेका छन् ।
शनिबार साँझ मणिपाल शिक्षण अस्पतालमा उपचाररत पहिरोका घाइतेहरूलाई भेट्दै प्रदेश प्रमुख शेरचनले उनीहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी समेत लिए । घाइतेहरूलाई उपचारमा कुनै समस्या हुन नदिन आफूले पहल गर्ने बताउँदै प्रदेश प्रमुख शेरचनले उपचार निःशुल्क गराउन प्रदेश सरकारसँग आग्रह गर्ने वचन समेत दिए ।
साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
प्रदेश प्रमुख शेरचनले म्याग्दी पहिरोका घाइतेहरू २१ वर्षीया मञ्जिता सिर्पाली, ६३ वर्षीया सतदेवी बिटालु, ८८ वर्षीया गौमती सुनार र कास्की पहिरोका १९ वर्षीया रश्मी थापामगर र १७ वर्षीया आशा थापामगरलाई भेटेका हुन् ।
म्याग्दी पहिरोका घाइतेहरूले उपचारका लागि सरकारले सहयोग गरेको भन्दै धन्यवाद दिए । तर, कास्कीको सराङकोट पहिरोका घाइतेहरूले भने उपचारमा समस्या भएको भन्दै औषधी किन्ने पैसा समेत नपाएको गुनासो गरेका छन् ।
सो अवसरमा उनले मणिपाल शिक्षण अस्पतालका डीन एवं प्रमुख कार्यकारी अधिकृत डा. दिलीपचन्द्र अग्रवाल र अस्पतालका निर्देशक डा. सूर्य चौधरीसँग घाइतेहरूको उपचारका बारेमा जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए ।








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया