नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित, ६ गते बस्ने
समाधान संवाददाता
२०७७ साउन ४ गते १३:०८

समाधान संवाददाता
नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी रहेको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ। बैठक पटक पटक सर्दै आएको छ ।
नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर बैठक ६ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।
आइतबार ३ बजेका लागि स्थायी कमिटी बैठक तय गरिएको थियो। के कारणले बैठक स्थगित गरिएको भन्ने विज्ञप्तिमा खुलाइएको छैन।
नेकपाभित्र प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताले स्थायी कमिटीमै राखेपछि विवाद छ।
सहमति खोज्न शनिबार सचिवालय बैठक राखे पनि कुनै सहमतिमा नेताहरू पुगेनन्। अध्यक्ष प्रचण्ड निवासमा आज माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायत छलफल पनि गरेका थिए।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया