बालविवाह गर्ने र गराउने ४ जना पक्राउ
समाधान संवाददाता
२०७७ साउन ४ गते १९:५६

स्याङ्जा
१७ वर्षीया किशोरीसँग बाल विवाह गरेको अभियोगमा आँधीखोला गाँउपालिका-१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारी र बालविवाह गराउने कार्यमा संलग्न तिवारीकै बुवा, आमा समेत ४ जनालाई गत असार ३१ गते प्रहरीले पक्राउ गरेको छ ।
२०७७ असार २१ गते ती किशोरीलाई विवाह गरेको भन्ने किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई विवाह सम्बन्धी कसुर अन्तर्गत (बाल विवाह) मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया