बालविवाह गर्ने र गराउने ४ जना पक्राउ
समाधान संवाददाता
२०७७ साउन ४ गते १९:५६

स्याङ्जा
१७ वर्षीया किशोरीसँग बाल विवाह गरेको अभियोगमा आँधीखोला गाँउपालिका-१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारी र बालविवाह गराउने कार्यमा संलग्न तिवारीकै बुवा, आमा समेत ४ जनालाई गत असार ३१ गते प्रहरीले पक्राउ गरेको छ ।
२०७७ असार २१ गते ती किशोरीलाई विवाह गरेको भन्ने किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई विवाह सम्बन्धी कसुर अन्तर्गत (बाल विवाह) मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित








शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
पर्यटनमा साझेदारी बढाउँदै पोखरा–ढोरपाटन ‘टुर’ सम्पन्न
हिमालय क्रिकेट एकेडेमी कपमा नवीन र डायमण्ड विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया