रोट्रयाक्टमा यो वर्ष १३२ क्लबको लक्ष्य ‘क्रियटिङ भ्यालु’

समाधान संवाददाता २०७७ साउन ४ गते २१:२८

समाधान संवाददाता, पोखरा

Advertisement

पदभार ग्रहणसँगै रोट्रयाक्ट ३२९२ रोटरी वर्ष २०२०/०२१ को कार्यकाल डिष्ट्रिक रोट्रयाक्ट रिप्रिजेन्टेटिभ (डिआरआर) सञ्जीव पौडेलले पदभार ग्रहण गरेका छन ।

जुलाई १ देखि रोट्रयाक्टमा उनी नेतृत्वको कार्यकाल सुरु भएको छ । पौडेल नेतृत्वको रोट्रयाक्टले यस वर्ष ‘क्रियटिङ भ्यालु’ लाई लक्ष्य बनाएको छ ।

Advertisement

यो लक्ष्य साकार पार्न विभिन्न ६ वटा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । शनिबार पदभार ग्रहण गर्र्दै पौडेलले आफ्नो कार्यकालमा साक्षरता अभियान र दैनिक हुने सडक दुर्घटनालाई न्यूनीकरणका लागि रोड सेफ्टीको कार्यक्रम अगाडि सारिएको जानकारी दिए ।

युवाहरुलाई पेशागत विकास, सक्षमता, पब्लीक ईमेज र अन्तराष्ट्रिय स्तरमा युवाको मुल्यलाई उचाईमा पु¥याउने हिसाबमा काम गर्ने उनले बताए ।

Advertisement

त्यस्तै नेपालमा रहेका विभिन्न संघ संस्थाहरुको सहकार्यमा नेपाल सरकारले लिएका लक्ष्यहरूलाई सफल पार्न सहयोग गर्ने उनले जानकारी दिए ।

नेपालमा रहेका १३२ वटै रोट्रयाक्ट क्लबले आ–आफ्नो क्षेत्रमा सहयोग गर्ने र यस वर्ष कम्तीमा १० प्रतिशतले नयाँ युवाहरुलाई क्लबमा आवद्ध गराई रोटरी मिसनलाई सफल पार्न प्रयास गर्ने पौडेलले बताए ।

पौडेललाई काठमाण्डौस्थित रोटरी नेपालका प्रमुख रोटरीयन राजीव पोख्रेलले सपथग्रहण गराएका थिए । यस्तै, रोट्रयाक्ट नेपाल रोटरी वर्ष २०१९/२० को प्रमुख स्नेहा शाक्यले कोलार तथा गन हस्तान्तरण गरेकी थिइन ।

भर्चुअल कार्यक्रममा रोटरी नेपालका डिष्टिक गभर्नर राजिव पोख्रेल, डिष्टिक रोट्रयाक्ट कमिटि चियर सुवास सिग्देल, पुर्व रोट्रयाक्ट नेपालका प्रमुख तथा अन्य डिष्टिक टिमका पदाधिकारीहरु उपस्थित थिए ।

तपाईको प्रतिक्रिया