आंशिक कर्मजीवी र शैक्षिक संस्था

समाधान संवाददाता २०७७ साउन ५ गते ७:४४

प्रा विश्वराज अधिकारी

Advertisement

‘सर नमस्कार ! मैले कोठा छोडें । सके भने पछि भेटौला ।’ एका बिहानै परिचित स्वरले मेरो मन झसंग भयो ठिकै छ चिन्ता नमान ।सबै राम्रो हुन्छ मैले बुझेर उत्तर दिएँ । खास कुरो के थियो भने मेरो घरमा २ वटा कोठा भाडामा लिएर मासिक ६ हजार भाडा तिरी श्रीमती, छोरा र छोरीसँगै बस्ने एक दुर्गम गाउँका स्नातोकोत्तर पास गरेका सरकारी क्याम्पसका आंशिक प्रध्यापक तथा निजी विद्यालयका शिक्षक हुन् उनी । कोभिड – १९ नामको राक्षसले उनको सुन्दर सपना लथालिंग पा¥यो । निजी विद्यालयले बेतलबी बिदा दिने निर्णयले मर्महात भएका रहेछन् ।

मैले सोचें १०–१५ वर्षदेखि पोखरामा बसेर कडा बौद्धिक पेसामा संलग्न व्यक्तिलाई कोरोनाले मात्र नभै अन्य थुप्रै कारणले पेसाबाट पलायन हुने बाध्य बनाए होलान् । उच्च शिक्षाको अध्ययनपछि पेसागत स्थायित्व, घर परिवारप्रतिको जिम्मेवारी र सन्तानहरूको भविष्यसँग जोडिएको भावना र त्यसमा पुगेको अनपेक्षित गहिरो चोट साधारण औषधीले निको नहुने देखिएको छ ।

Advertisement


चल अचल सम्पति जोडेर आफ्नो व्यवस्था र हैसियत उठाएका निजी विद्यालयले पनि निमुखा शिक्षक, कर्मचारी र तिनमा आश्रित परिवारलाई धुरू धुरू रूवाउने काम सामाजिक न्यायको विरूद्धमा छ

कोभिड १९ को खोप तथा औषधी ढिलो चाँडो हामी सबैले पाउँला तर मैले कुरा गर्ने विद्वान मनुवाको मस्तिष्कमा लागेको गहिरो चोटको औषधी कहिल्यै प्राप्त नहुने कुरा ठोकुवा गर्न सकिन्छ । उनी एक प्रतिनिधि प्रात्र हुन तापनि थुप्रै होनाहार शिक्षक उचित अवसर प्राप्त नभएर वा वातावरण नभएर पेसाबाट पलायन, देशबाट पलायन र संसारबाट पलायन भइरहेका छन् भन्नु सामान्यजस्तै लाग्छ । यी र यस्ता धेरै विकृति र विसंगतिको कारक हाम्रो समाज, हाम्रो चिन्तन, हाम्रो राजनीति, हाम्रो दर्शन र तपाईं हामी पनि धेर थोर जिम्मेवार छांै ।

Advertisement

अब कुरा गराैं संस्थागत क्याम्पस र विद्यालयका बारेमा। सरकारको नीति नियम पालना गरी ऋण धन गरी निजी विद्यालय तथा क्याम्पस सञ्चालन गरेर हैसियत भएका हुनेखाने परिवारका छोरा छोरीलाई सकेसम्म राम्रो शिक्षा दिक्षा दिने बचनबद्ध भएका सञ्चालक र व्यवस्थापकले गरेको सामाजिक उत्तरदायित्व कम आँकलन गर्नु उचित हैन । तर पनि संकटका बेलामा शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई मानसिक र आर्थिक दबाब पर्न नदिनु उनीहरूको कर्तव्य पनि हो ।

थोरै मात्र नाम र दाम कमाएका संस्थागत विद्यालय बाहेक अधिकांश विद्यालय ठूलो आर्थिक ऋणमा चलेका पनि छन् । प्रशस्त कमाएका निजी संस्थाहरू पनि विभिन्न क्षेत्रमा लगानी गरी मुद्धती खाता नै रित्याएका छन् । जे होस् चल अचल सम्पति जोडेर आफ्नो व्यवस्था र हैसियत उठाएका निजी विद्यालयले पनि निमुखा शिक्षक, कर्मचारी र तिनमा आश्रित परिवारलाई धुरू धुरू रूवाउने काम सामाजिक न्यायको विरूद्धमा छ भन्न डराउनु पर्दैन ।


पन्ध्र वर्षदेखि यथासम्भव आफ्नो ज्ञानको हस्तान्तरण गर्ने आंशिक प्राध्यापक कोभिड –१९ नामधारी बन्दाबन्दीको कारणले एउटा मक्काएको खाट र थोत्रा कपडा बोकेर वर्षायामको खोला तरी परिवारसहित एकान्त अज्ञात बासतर्फ लागेको खबरले मेरो मथिंगगल खल्बलिएको छ ।

यस्तो परिस्थितिमा निजी विद्यालयका संघ संगठनहरू संयमित भई सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने रणनीति अख्तियार गर्नु पर्ने हो । सरकारको स्पष्ट धारणा नआई सकेको अवस्थामा शिक्षक कर्मचारीलाई बेतलबी बिदा दिनु र उनमा पीडामाथि पीडा थप्नु त्यति बुद्धिमानी निर्णय होइन भन्ने लाग्दछ । हजाराैं बौद्धिक युवा वर्गलाई गुणको बदला बैगुन र सेवाको बदला शोषण गर्ने मनसाय छ भने मेरो भन्नु केही छैन । हैन भने मालिक र शासकलाई रिझाउने रैतिहरू बेदना र चेतनाको ज्वाला लिएर मैदानमा उत्रे भने राम राम मात्र भन्न सकिएला अयोध्या जान सकिँदैन ।

अब भने सरकारी क्याम्पसका आंशिक प्राध्यापक र तिनका कारूणिक जीवन यात्रासँग केन्द्रित छ । त्रिभुवन विश्वविद्यालयमा झन्डै २ हजारको हाराहारीमा आंशिक प्राध्यापक छन् ।पोखराको पृथ्वीनारायण क्याम्पसमा मात्रै २ सय ३० जना आंशिक प्राध्यापकले प्रध्यापन गर्दछन् । यति ठूलो संख्यामा आंशिक प्राध्यापक हुनुमा विभिन्न कारण छन् । जसमध्ये प्रत्येक वर्ष सेवा निवृत हुने प्राध्यापकको संख्या ठूलो छ । उक्त स्थानमा न स्थायी न करार शिक्षक आउछन् । स्वाभाविक रूपमा आंशिक शिक्षक चाहिने नै भयो । वर्षौ वर्ष स्थायी प्राध्यापकको विज्ञापन नखुल्ने, खुलिहाले पनि २/४ दरबन्दी मात्र, त्यसैमा पनि केन्द्रीय विभाग र काठमाडौंको रोजाइ, अनि मोफसलका ठूला क्याम्पस तिनै आंशिक प्राध्यापकका भरमा ।

पटक पटक आफ्ना माग राखेर विश्वविद्यालय पदाधिकारीलाई समस्या बोध गराइ सम्झौता गरे पनि समस्या जस्ताको तस्तै । विभिन्न समयमा देश दौडाहमा अनुगमन समिति समस्या समाधान समिति माग सम्बोधन समिति आदि आदिले दिएका सुझाव कस्ले हेर्ने कस्ले लागु गर्ने सबै आआफ्ना कुकर्म सुकर्ममा व्यस्त । सामान्य नागरिकको बुझाइमा प्राध्यापक यस्तो कुटिल योजनाको शिकार हुँदैनन् भन्ने लाग्ला । तर पन्ध्र वर्षदेखि यथासम्भव आफ्नो ज्ञानको हस्तान्तरण गर्ने आंशिक प्राध्यापक कोभिड –१९ नामधारी बन्दाबन्दीको कारणले एउटा मक्काएको खाट र थोत्रा कपडा बोकेर वर्षायामको खोला तरी परिवारसहित एकान्त अज्ञात बासतर्फ लागेको खबरले मेरो मथिंगगल खल्बलिएको छ ।

अहिलेसम्म भद्र आन्दोलन गरिरहेका तर विभिन्न कारणले बौद्धिक शोषणमा परेका आंशिक प्रध्यापकको माग सम्बोधन हुनु पर्ने हो । विश्वविद्याललाई आवश्यक नपरे तपाईंहरूलाई स–सम्मान बिदाइ भन्न कुनै पनि अवस्थामा नसकिने आंशिक प्राध्यापकका योगदान र उनीहरूले हालसम्म जोगाएर राखेको धैर्यको बाँध फुट्यो भने के गर्ने भन्ने प्रश्न अनुत्तरित नै छ । वर्षभरि अध्यापन गराएर ४०/५० हजार हात नपर्ने भए पनि सामाजिक प्रतिष्ठा र अनुभव संगाली भविष्यमा करार हुँदै स्थायी भएर विश्वविद्यालयमा अध्यापन अनुसन्धान गर्न लालायित युवा बुद्धिजीवीलाई घरको न घाटको बनाउने काम कसैबाट हुनु हुँदैन । विश्वविद्यालयमा क्रियाशील प्रध्यापक संघ संगठन आफ्ना स्वार्थ र सजातीय धर्म निरीह आंशिक प्रध्यापकको समस्या समाधानतर्फ केन्द्रित हुनु पर्नेमा पद र प्रतिष्ठाको चलखेल र लुछाचुडीमा लाग्नु आश्चर्यको विषय हो ।

हुनत प्रत्येक क्याम्पसका आआफ्नै समस्या होलान । आशिंक प्राध्यापकका माग र आवश्यकता फरक फरक हुन सक्लान् तरै पनि समग्र आंशिक प्राध्यापकलाई हेर्ने आँखा सकारात्मक हुनु सान्दर्भिक ठहर्छ । आजसम्म चुपचाप र गुमनाम बनेका आंशिक प्राध्यापक आफ्ना माग र यथोचित सम्बोधनको पर्खाइमा छन् । फेरि पनि हाम्रै समाजका कर्मजीवी प्राणीहरू चाहे विद्यालय होस् चाहे विश्वविद्यालयबाट होस् बिना कसुर आफ्ना शैक्षिक उपलब्धिलाई खोलामा बगाएर अन्तिम संघर्षका लागि मैदानमा उत्रिए भने फेरि पनि राम राम भन्न सकिएला अयोध्या यही हो भन्न सकिदैन ।

तपाईको प्रतिक्रिया