पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले कार्यभार सम्हाले
समाधान संवाददाता
२०७७ साउन ५ गते १४:१४
समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिकामा सोमबारदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहसचिव महेश बरालले सम्हालेका छन् । बराललाई महानगरका कर्मचारी लगायतले स्वागत गरे ।
उनी असार १२ गते सहसचिवमा बढुवा भएका थिए । महानगर आउनुअघि सम्पत्ती शुद्धिकरण विभागमा बराल कार्यरत थिए । बराल यसअघि २०७१ मा तत्कालीन पोखरा उपमहानगरको कार्यकारी अधिकृतमा ६ महिना काम गरेका थिए ।
आफ्ना कार्ययोजना भन्दा जनप्रतिनिधिकै निर्णय कार्यान्वयनमा भूमिका निर्वाह गर्ने बरालले समाधानलाई बताए । ‘अहिले मेरो भूमिका कर्मचारीको रुपमा मात्र रहन्छ,’ उनले भने, ‘जनप्रतिनिधिले गरेका निर्णयलाई कार्यान्वयन गराउने चरणमा भूमिका निर्वाह गर्नेछु ।’
सम्बन्धित
तपाईको प्रतिक्रिया