पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले कार्यभार सम्हाले
समाधान संवाददाता
२०७७ साउन ५ गते १४:१४

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिकामा सोमबारदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहसचिव महेश बरालले सम्हालेका छन् । बराललाई महानगरका कर्मचारी लगायतले स्वागत गरे ।
उनी असार १२ गते सहसचिवमा बढुवा भएका थिए । महानगर आउनुअघि सम्पत्ती शुद्धिकरण विभागमा बराल कार्यरत थिए । बराल यसअघि २०७१ मा तत्कालीन पोखरा उपमहानगरको कार्यकारी अधिकृतमा ६ महिना काम गरेका थिए ।
आफ्ना कार्ययोजना भन्दा जनप्रतिनिधिकै निर्णय कार्यान्वयनमा भूमिका निर्वाह गर्ने बरालले समाधानलाई बताए । ‘अहिले मेरो भूमिका कर्मचारीको रुपमा मात्र रहन्छ,’ उनले भने, ‘जनप्रतिनिधिले गरेका निर्णयलाई कार्यान्वयन गराउने चरणमा भूमिका निर्वाह गर्नेछु ।’
सम्बन्धित









सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया