गोरखामा पहिराेले पुरिएर १ महिलाकाे मृत्यु

समाधान संवाददाता २०७७ साउन ५ गते १५:२६

पाेखरा

Advertisement

अविरल वर्षातसँगै गएको पहिरोले पुरिएर गोरखामा १ महिलाको ज्यान गएको छ ।

जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलको कौदी गाउँकी ३६ वर्षीया लक्ष्मीमाया गुरुङको पहिरोलाई घरमाथिबाट आएको पहिरोले पुर्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वासुदेव खतिवडाले जानकारी दिए ।

Advertisement

दिउँसो साढे १२ बजेतिर गोठमा रहेको बाख्रालाई घाँस हाल्न जाँदा पहिराेले गाेठ पुरेर ती महिलासहित ९ वटा बाख्रा मरेकाे डिएसपी खतिवडाले बताए ।

निरन्तर वर्षातका कारण अहिलेसम्म प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । तर ताङ्लीचोक चौकीबाट प्रहरी टोली सो क्षेत्रका लागि हिडिसकेको उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया