स्याङ्जामा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

समाधान संवाददाता २०७७ साउन ५ गते १६:०९

समाधान संवाददाता, स्याङ्जा

Advertisement

स्याङ्जामा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालको सेवा बन्द गरिएको छ । संक्रमितको उपचारमा खटिएका गल्याङ नगर अस्पतालका डाक्टरमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

उनले भने, ‘संक्रमितको उपचारमा खटिनुभएका मुख्य स्वास्थ्यकर्मीमा नै कोरोना देखियो । पहिल्यै बिरामीको संख्या कम रहेकाले अस्पताल बन्दजस्तै छ ।’ संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीसहित २१ जनाको स्वाब परीक्षणका लागि पोखरा ल्याइएको थियो ।

Advertisement

त्यसमा २ जना अस्पतालको आइसोलेसनमा उपचाररत संक्रमित र बाँकी १९ जना अस्पतालका कर्मचारी हुन् । १ स्वास्थ्यकर्मीबाहेक अरु सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख शर्माले जानकारी दिए ।

स्याङ्जामा हालसम्म १ सय ९८ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये १ सय ८५ जना निको भइसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया