गोरखामा थपिए ३ संक्रमित

समाधान संवाददाता २०७७ साउन ५ गते १६:४१

समाधान संवाददाता, पोखरा

Advertisement

गोरखामा ३ जनामा कोरोन पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा भीमसेन गाउँपालिका, शहिद लखन गाउँपालिका र पालुङटार नगरपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइहरहेको स्वास्थय निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय २० पुगेको छ । संक्रमितमध्ये १ हजार १८ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया