पोखरामा आज कुन–कुन वडामा भेटिए कोरोना संक्रमित ?
समाधान संवाददाता
२०७७ साउन ५ गते १७:०६
समाधान संवददाता, पोखरा
पोखरामा सोमबार ८ जनामा कोरोना पुष्टि भएको छ । पोखराका विभिन्न वडाका ६ पुरुष र २ महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
पोखरा महानगर स्रोतका अनुसार आज कोरोना पुष्टि भएका ४ जना विदेशबाट आएका हुन् भने ४ जना कन्ट्याक ट्रेसिङमा परेका हुन् ।
कोरोना पोजेटिभ देखिनेमा वडा नम्बर १७ का ३ जना छन् । त्यसबाहेक १, ८, १५, २२ र २८ का १/१ जना छन् । पोखरामा हालसम्म ८५ जनामा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा भने कोरोना संक्रमितको संख्या १३ सय २० पुगेको छ । संक्रमितमध्ये १ हजार १८ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया