सलह छोपेर ल्याउने बालबालिकाले नगद पाए

समाधान संवाददाता
स्याङ्जा
सलह कीरा नियन्त्रणका लागि पुरस्कारको व्यवस्था गरेको आँधीखोला गाउँपालिकाले छोपेर ल्याउने बालबालिकालाई नगद प्रदान गरेको छ ।
भारत हुँदै पहिलो पटक आँधीखोलामा सलह देखिएप्छि असार १५ गाउँपालिकाले विज्ञप्ति निकाल्दै छोप्नेलाई प्रति किलो ३ सय रुपैयाँ दिने बताएको थियो ।
निर्णय अनुसार दोस्रो पकक साउन ३ गते आँधीखोला गाउँपालिकाका वडा नम्बर ५ का १३ वर्षीय प्रज्ज्वल केसी, एन्जोन केसी र विधान केसीले ४ सय ग्राम सलह छोपेर आँधीखोेला गाँउपालिकालाई बुझाएका थिए । आँधीखोला गाउँपालिकाले सलह छोप्ने बालबालिकालाई १ सय २० रुपैयाँले पुरस्कृत गरेको हो ।
सलह छोपेर छोपेर कृषि शाखामा बझाएपछि गाँउपालिकाले उनीहरुलाई निर्णय अनुसार नगद पुरस्कार दिएको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताए । कालिगण्डकी पालिकाले समेत छोपेर ल्याउनेलाई प्रति केजी १ सय रुपैयाँ दिने निर्णय गरे पनि थोरै परिणाम भए पनि सलह छोपेर ल्याई नगद बुझेको यो जिल्लामै पहिलोपटक हो ।
सलह कीरा २ पटकमा ४ दिन जिल्लामा देखिएको जंगलमा रहेका रुखको पात खाए पनि बालीमै भने ठूलो असर नपारेको कृषि ज्ञान केन्द्रका प्रमुख शालिग्राम अधिकारीले बताए ।
सलह छोपेर ल्याएका बालिबालिका स्याङ्जाको आँधीखोला गाउँपालिकाबाट नगद लिँदै ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया