लेखनाथ रोटरी र रोटर्याक्टको संयुक्त पदस्थापन
![](https://www.samadhannews.com/wp-content/uploads/2020/07/Rotract.jpg)
समाधान संवाददाता
लेखनाथ
रोटरी क्लब अफ लेखनाथ र रोट¥याक्ट क्लब अफ लेखनाथको संयुक्त पदस्थापना कार्यक्रम शनिबार भएको छ । कार्यक्रमको उद्घाटन गर्दै रोटरी डिस्ट्रिक ३२९२ का गभर्नर राजीव पोख्रेलले रोटरी र रोटर्याक्टले समाज परिवर्तनका लागि सामाजिक दायित्वसँगै आपसमा भातृत्व विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताए ।
रोटरी क्लव अफ लेखनाथका निर्वतमान अध्यक्ष हरि खनालको अध्यक्षतामा सम्पन्न भएको ११ औं पदस्थापनबाट नयाँ कार्यसमितिको पद तथा जिम्मेवारी दिइएको छ ।
कार्यक्रममा निर्वतमान अध्यक्ष हरि खनालले नवनिर्वाचित अध्यक्ष हरि बुढाथोकीलाई पद हस्तान्तरण गरे । कार्यक्रममा रोटरी क्लब अफ लेखनाथका संस्थापक अध्यक्ष उमेशकुमार आचार्य, पूर्वअध्यक्ष ईविन्द्रराज तिवारी लगायतले शुभकामना दिएका थिए ।
यस्तै रोटर्याक्ट क्लब अफ लेखनाथले आफ्नो १० औं पदस्थापन कार्यक्रम गरेको छ । सोही पदस्थापन कार्यक्रमबाट निर्वतमान अध्यक्ष शिवराज अधिकारीबाट वर्तमान अध्यक्ष उत्तम श्रेष्ठलाई पद हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा रोटरी क्लब अफ लेखनाथका अध्यक्ष हरि बुढाथोकीले रोट्रयाक्ट र रोटरी एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । रोटर्याक्ट डिस्ट्रिक ३२९२ जोन ३ का जेडआरआर सन्दिप पौडेलले आजका युवाहरु समयलाई ख्याल गर्दै आफ्नो भविष्य र वर्तमानलाई अध्ययनसँगै भाइचाराको विकासमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
तपाईको प्रतिक्रिया