पहिरोमा पुरिएर नातिनी हजुरआमाकाे मृत्यु

समाधान संवाददाता २०७७ साउन ५ गते २०:२१

पाेखरा

Advertisement

तनहुँको भानु नगरपालिका ९ सिमगैरामा सोमबार पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ ।

स्थानीय महिन्द्र धराली र उनका भाइको घर पहिरोले पुर्दा २ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

Advertisement

महेन्द्रकी आमा ८० वर्षे तीलमाया धराली र छोरी १७ वर्षकी त्रिप्सा धरालीको पहिरोले पुरेर मृत्यु भएको हो । पहिरोले पुरिएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई खोजीकार्य थालेको थियो ।

घाइते अवस्थामा भेटिएकी त्रिप्सा धारालीलाई उद्दार गरी अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ८० वर्षकी तीलमायालाई भने प्रहरीले मृतावस्थामा फेला पारेको थियो ।

Advertisement

फाइल तस्बिर

तपाईको प्रतिक्रिया