किरण बानिया चेम्बर अफ कमर्स सदस्य मनोनीत
समाधान संवाददाता
२०७७ साउन ६ गते ७:३९
समाधान संवाददाता
पोखरा
युवा व्यवसायी किरण बानिया पोखरा चेम्बर अफ कमर्स कार्यसमिति सदस्यमा मनोनीत भएका छन् ।
संस्थाका अध्यक्ष किसन सुनारले रिक्त रहेको कार्यसमिती सदस्य पदका लागि बानियालाई प्रस्ताव गरेका थिए । चेम्बर अफ कमर्सको नियमित बैठकबाट अध्यक्ष सुनारको प्रस्ताव सर्वसम्मत निर्णय भई मनोनित गरिएको हो ।
बानियाको गोपाल जी ट्रेडिङ प्रालि, गोपाल जी सप्लायर्स, गोपाल जी स्टोर्स र स्टारिस एच आर सर्भिससँग व्यावसायिक आवद्धता छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया