गण्डकीमा थपिए ९ संक्रमित

समाधान संवाददाता २०७७ साउन ६ गते १०:५८

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २९ पुगेको छ |

Advertisement

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ र स्याङ्जामा गरी थप ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

म्याग्दीकाे अन्नपूर्ण गाउँपालिकामा २ पुरुष, बेनी नगरपालिकामा १ पुरुषमा काेराेना पुष्टि भएकाे छ ।

Advertisement

बागलुङकाे ताराखाेला गाउँपालिकाका ३ पुरुषमा पनि काेराेना पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

यसैगरी स्याङ्जाकाे फेदीखाेला गाउँपालिकाका ३ पुरुषमा पनि म‌गलबार बिहान काेराेना पुष्टि भएकाे छ ।

Advertisement

सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाकाे आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएकाे छ ।

गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट हालसम्म १ हजार २० जना निकाे भएर घर फर्केका छन् ।

प्रदेशभर काेराेनाबाट ४ जनाकाे मृत्यु भएकाे छ । स्याङ्जाका २, बागलुङ र गाेरखाका १/१ जनाकाे मृत्यु भएकाे हाे ।

तपाईको प्रतिक्रिया