स्याङ्जामा ३ प्रहरीमा कोरोना पोजेटिभ
समाधान संवाददाता, स्याङ्जा
स्याङ्जामा ३ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत वर्ष ३३, ३४ र ३८ का ३ जनामा कोरोना संक्रमण भेटिएको हो ।
संक्रमण पुष्टि हुनेमा २ जना हवल्दार र १ सिपाही छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ५५ जना कार्यरत छन् । तीमध्ये प्रबन्ध शाखामा खटिएका ३ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो ।
ज्वरो आएपछि स्वाब संकलन गरेर पठाइएकोमा उनीहरुमा पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
प्रहरी कार्यालयभित्र रहेका सबैको स्वाब लिएर रिपोर्ट नेगेटिभ नभएसम्म प्रहरी कार्यालयकाको काम काज नयाँ शाखाँ बनाएर गरिने अधिकारीले बताए ।
कार्यालयको भित्री शाखामा काम गर्ने सुरक्षाकर्मीमा संक्रमण देखिएपछि अहिले जिल्लाका प्रहरी अधिकारी अचम्मित छन् ।
जिल्लाको फेदीखोला गाउँपालिकाका ३ जना पुरुषमा मंगलबार नै कोरोना पुष्टि भएको छ । यसअघि गल्याङ नगर अस्पतालमा कार्यरत डाक्टरमा सोमबार कोरोना पोजेटिभ देखिएको थियो । उनी संक्रमितको उपचारमा खटिएका थिए ।
३ संक्रमित थपिएसँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ । संक्रमितमध्ये १ सय ८३ जना निको भएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । कोरोना संक्रमित २ पुरुषको उपचारको क्रममा पोखरामा मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया