नवलपुरमा पहिरोले घर पुरिँदा दुई बेपत्ता

समाधान संवाददाता २०७७ साउन ६ गते १९:०१

रासस, नवलपुर

Advertisement

लगातार वर्षाका कारण खसेको पहिरोले नवलपुरको बुलिङ्टार गाउँपालिका–२ डाँडाझेरीमा घर पुरिँदा दुई जना बेपत्ता भएका छन् ।

बुलिङ्टार गाउँपालिका अध्यक्ष शशीकिरण बस्ताकोटीका अनुसार पहिरोले स्थानीय डाडाँझेरी टाँडीका ६१ वर्षीय शेरबहादुर नेपाली र उहाँकी श्रीमती ५७ वर्षीया खीनमाया नेपाली पहिरोमा पुरिएर बेपत्ता हुनुभएको हो ।

Advertisement

स्थानीयको सक्रियतामा खोजीकार्य जारी रहेको अध्यक्ष बस्ताकोटीले जानकारी दिनुभयो । पहिरोले केही चौपायासमेत पुरिएको उहाँले बताउनुभएको छ ।

घटनास्थलमा उद्धारका लागि अहिले इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली खटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

Advertisement

यस्तै गए राति विनयी त्रिवेणी गाउँपालिका–४ मा दुम्कीबासबाट पितरीतर्फ जाँदै गरेको लु २ च ६१७१ नम्बरको पिकअपलाई खहरे खोलाले बगाएको छ । मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया