लकडाउन आजैदेखि अन्त्य
समाधान संवाददाता
२०७७ साउन ६ गते १९:५२
काठमाडौं
साउन ७ गतेसम्मका लागि भनेर घोषित लकडाउन सरकारले आजैदेखि अन्त्यको घोषणा गरेको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले मंगलबार मध्यरातिदेखि लागु हुने गरी लकडाउन अन्त्यको निर्णय गरेको हो ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता डा युवराज खतिवडाले लकडाउन अन्त्य भए पनि कोरोनाको संक्रमणबाट बच्न आवश्यक रणनीति अपनाइने बताए।
सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको थियो।
अब सबै सेवामा मास्कको प्रयोग, भौतिक दूरी र सेनिटाइजेसनसम्बन्धी मापदण्ड पूरा गरेर सेवा क्रमशः खोलिने सरकारले जनाएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया