गण्डकीकाे प्रमुख सचिवमा विष्णु नेपाल, बस्याल सञ्चार सचिव

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेशको प्रमुख सचिवमा विष्णुप्रसाद नेपाल आउने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई गण्डकी प्रदेशमा पदस्थापनकाे निर्णय गरेकाे हाे ।
गण्डकीका प्रमुख सचिव हरिप्रसाद बस्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा भएका छन् ।

स्याङ्जा स्थायी घर भएका नेपाल हालैमात्र निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा भएका हुन् । लामो समय अर्थमन्त्रालय र मातहतका विभाग र कार्यालयको अनुभव सम्हालेका उनी अर्थ व्यवस्थाका जानकार मानिन्छन् ।
नेपाल गण्डकी सरकारको पाँचौं प्रमुख सचिव हुन् । अहिलेका प्रमुख सचिव बस्यालभन्दा अगाडि ३ जना उक्त पदमा रहिसकेका छन् ।
यसैबीच सरकारले नेपाल र बस्यालसहित ६ सचिवको सरुवा एवं पदस्थापना गरेको छ ।
निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा अनुसार गठित समितिको सिफारिसमा सरकारले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतलाई सरुवा एवम् पदस्थापना गरेको हो ।
अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वाग्मती प्रदेशमा प्रमुख सचिवका रूपमा कार्यरत तोयम रायलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवका रूपमा कार्य गर्ने गरी सरुवा गरिएको छ ।
त्यस्तै अतिरिक्त समूहमा रहेका सचिव डा मानबहादुर विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वाग्मती प्रदेशको मुख्य सचिवको काम गर्ने गरी सरुवा गरिएको छ ।
त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशका प्रमुख सचिव टेकनारायण पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । सो मन्त्रालयका सचिव केदार न्यौपानेलाई अतिरिक्त समूहमा राखिएको छ ।









सम्पादकीय—प्रतिनिधिसभा पुनःस्थापनाको अपरिहार्यता
निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया