४ महिनामै तानिए तनहुँका सिडिओ अधिकारी

पाेखरा
तनहुँका प्रमुख जिल्ला अधिकारी(सिडिओ) बद्रीनाथ अधिकारी ४ महिनामै मन्त्रालयमा तानिएका छन् ।

चैत ५ गते तनहुँकाे सिडिओकाे जिम्मेबारी पाएका उनलाई गृहमन्त्रालयले साउन ५ गते निर्णय गरी सरुवा गरेकाे हाे । उनकाे ठाउँमा अध्यागमन कार्यालय एयरपोर्टका प्रमुख सागर आचार्य आउने भएका छन् । आचार्य म्याग्दी लगायत जिल्लामा सिडिओ भइसकेका छन् ।
सहसचिवमा बढुवा भएपछि पाेखरा महानगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत भएर आएका अधिकारी १ महिना नपुग्दै सरुवा भएका थिए । महानगरका मेयर मानबहादुर जिसीसँग समन्वय नै नगरी मन्त्रालयले पठाएकाे र नेकपाका १ नेताले भने अनुसारकाे काम नगरेपछि उनी पाेखराबाट सरुवा भएका थिए ।
बढुवा हुनु अघि उनी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकीमा कार्यरत थिए । उनले त्यतिबेला सहकारी रजिस्ट्रारकाे जिम्मा पनि पाएका थिए ।
त्यस्तै केही दिनअघि बागलुङको सिडिओबाट मन्त्रालयमा सरुवा गरिएका गौलोचन सैंजुलाई अध्यागमन कार्यालय एयरपोर्ट पठाएको छ








टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
मानसिक स्वास्थ्य कमजोर हुँदा आत्महत्या दर बढ्यो
पोखरा रोयल सहकारीले पायो इजाजतपत्र
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया