४ महिनामै तानिए तनहुँका सिडिओ अधिकारी

समाधान संवाददाता २०७७ साउन ७ गते ६:२४

पाेखरा

Advertisement

तनहुँका प्रमुख जिल्ला अधिकारी(सिडिओ) बद्रीनाथ अधिकारी ४ महिनामै मन्त्रालयमा तानिएका छन् ।

तनहुँबाट मन्त्रालय तानिएका सहसचिव बद्रीनाथ अधिकारी

चैत ५ गते तनहुँकाे सिडिओकाे जिम्मेबारी पाएका उनलाई गृहमन्त्रालयले साउन ५ गते निर्णय गरी सरुवा गरेकाे हाे । उनकाे ठाउँमा अध्यागमन कार्यालय एयरपोर्टका प्रमुख सागर आचार्य आउने भएका छन् । आचार्य म्याग्दी लगायत जिल्लामा सिडिओ भइसकेका छन् ।

Advertisement

सहसचिवमा बढुवा भएपछि पाेखरा महानगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत भएर आएका अधिकारी १ महिना नपुग्दै सरुवा भएका थिए । महानगरका मेयर मानबहादुर जिसीसँग समन्वय नै नगरी मन्त्रालयले पठाएकाे र नेकपाका १ नेताले भने अनुसारकाे काम नगरेपछि उनी पाेखराबाट सरुवा भएका थिए ।

बढुवा हुनु अघि उनी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकीमा कार्यरत थिए । उनले त्यतिबेला सहकारी रजिस्ट्रारकाे जिम्मा पनि पाएका थिए ।

Advertisement

त्यस्तै केही दिनअघि बागलुङको सिडिओबाट मन्त्रालयमा सरुवा गरिएका गौलोचन सैंजुलाई अध्यागमन कार्यालय एयरपोर्ट पठाएको छ

तपाईको प्रतिक्रिया