उच्च अदालतले वर्षभरिमा ७ सय ७३ मुद्दा किनार लगायो

समाधान संवाददाता २०७७ साउन ७ गते ६:३५

पाेखरा

Advertisement

उच्च अदालत पोखराले १ वर्षभरिमा ७ सय ७३ मुद्दा किनारा लगाएको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरेका र नयाँ दर्ता भएका गरी १ हजार ६ सय ७० मध्ये अब ८ सय ९७ बाँकी छन् ।

अदालतले गत आवमा सबैभन्दा बढी सरकारवादी फौजदारी ४ सय ६८ मुद्दा फैसला गरेको छ । दुनियावादी फौजदारी ५८ र दुनियावादी देवानी १ सय ७५ मुद्दा किनारा लागेका छन् । वर्षभरिमा १ हजार ३ सय ५४ मुद्दा किनारा लगाउने अदालतको लक्ष्य थियो । तर लकडाउनका कारण लक्ष्य अनुसार काम गर्न नसकिएकाे उपरजिस्ट्रार विश्वनाथ अर्यालले बताए ।

Advertisement

उच्च अदालतले सुरु मुद्दा हेर्ने हेर्ने वाणिज्य इजलासमा १ सय ३ मुद्दा रहेकोमा वर्षभरिमा ७ वटा मुद्दा किनारा लागेका छन् । उच्च अदालत पोखरामा अहिले बैंकिङ कसुरका मुद्दा ह्वात्तै बढेका छन् । यो वर्षमा मात्र बैंकिङ कसुरका ९५ मुद्दा दर्ता भएका छन् ।


वर्षभरिमा उच्च अदालतमा मेलमिलापका लागि १ सय २७ मुद्दा दर्ता भए पनि ७ वटा मिलापत्र भएका छन् भने १० वटा छलफलकै क्रममा छन् । १ सय १० वटा मुद्दाफाँटमै फिर्ता भएका छन् ।

Advertisement

उच्चमा १८ जना सूचीकृत मेलमिलापकर्ता छन् । अदालतमा ६ न्यायाधीश र ६४ कर्मचारी कार्यरत छन् ।

तपाईको प्रतिक्रिया