निजामती कर्मचारीकाे आधिकारिक ट्रेड युनियनको निर्वाचन तयारी

काठमाडौं
सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने तयारी थालेको छ ।
निर्वाचनको मिति तय नभए पनि सरकारले सोही प्रयोजनका लागि नेपाल सरकारका एक सहसचिवलाई जिम्मेवारीसमेत दिएको छ ।
मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने प्रयोजनका लागि नेपाल न्याय सेवा कानून समूहका सहसचिव कलानिधि पौड्यालललाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न १९ जना कर्मचारी रहने गरी निर्वाचन सम्पन्न नभए सम्मका लागि दरबन्दीसमेत स्वीकृत गरिएको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।
सरकारले प्रमुख निर्वाचन अधिकृतको कार्यालय काठमाडौंमा स्थापना गर्ने भएको छ ।
जिल्लाको हकमा सो सम्बन्धी कार्यका लागि जिल्ला सरकारी वकिल कार्यालयलाई जिम्मा दिइएको छ । जिल्ला सरकारी वकिल कार्यालयलाई थप जनशक्ति आवश्यक पर्ने भएमा सम्बन्धित निकायसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालयले आवश्यक व्यवस्था गर्नेछ ।
यसअघि २०७३ साल वैशाख १० गते आधिकारिक ट्रेड युनियनको निर्वाचन भएको थियो । निजामती सेवा नियमावली, २०६४ अनुसार आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने उल्लेख छ ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया