स्याङ्जामा पहिरोले पुरिएर १ जनाको मृत्यु
समाधान संवाददाता
२०७७ साउन ७ गते १०:०७

समाधान संवाददाता
स्याङ्जा
वर्षासँगैको पहिरोले पुरिएर गल्याङ नगरपालिका १० मा मंगलबार राति १ जनाको मृत्यु भएको छ भने १ जनाको उद्धार भएको छ ।
पहिरो घर भत्किँदा पुरिएर ५२ वर्षीया माया सारुको मृत्यु भएको हो । २० वर्षीय छोरी नारायणी सारुलाई स्थानीयले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
राति खाना खाएर आमा छोरी सुतेकोमा बिहान स्थानीयले पहिरोले पुरेको देखेपछि एक जनाको उद्धार गरिएको हो भने १ जनाको मृत्यु भएको हो ।
घरदेखि करिब २५ मिटर माथिबाट आएको पहिरो पुरेको अधिकारीले जानण्कारी दिए । पहिरोले पुरिएर उद्धार गरेपछि छोरी सारुको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।
फाइल तस्बिर
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया