राष्ट्रपति भण्डारीसँग गण्डकी प्रदेश प्रमुख शेरचनको भेट

पाेखरा
राष्ट्रपति विद्यादेवी भण्डारीसँग गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले शिष्टाचार भेट गरेका छन् ।
मंगलबार भएको भेटका अवसरमा प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेशलगायत देशका विभिन्न भागमा बाढी पहिरोबाट भएको धनजनको क्षति एवं कोभिड–१९ को प्रभावबारे राष्ट्रपति भण्डारीलाई अवगत गराएका थिए । उक्त अवसरमा राष्ट्रियता तथा वर्तमान समसामयिक विषयमा समेत छलफल भएको प्रदेश प्रमुख शेरचनका प्रमुख स्वकीय सचिव गगन थापाले जानकारी दिए ।
प्रमुख स्वकीय सचिव थापाका अनुसार प्रदेश प्रमुख शेरचनले केही समय पहिले सात वटै प्रदेशका प्रदेश प्रमुखहरूबाट पेश गरिएको सुझावबारे समेत राष्ट्रपति भण्डारीलाई स्मरण गराएका थिए ।
भेटका क्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय एकता र सहमतिबाटै सबै समस्याको निकास निस्कने विश्वास दिलाइन् । राष्ट्रपति भण्डारी र प्रदेश प्रमुख शेरचनबीच करिब १ घन्टा छलफल भएको थियो ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया