लमजुङको मर्स्याङदीमा पहिरा, १८ घर पुरिए

समाधान संवाददाता २०७७ साउन ७ गते १२:१४

समाधान संवाददाता, पोखरा

Advertisement

लमजुङमा बुधबार बिहान खसेको पहिरोले १८ घर पुरिएका छन् ।

जिल्लाको मस्र्याङदी गाउँपालिका–३ तल्लो टारीमा मंगलबार बेलुकादेखि खसेको पहिरोले १८ घर पुरिएको सहायक सिडिओ अनिल कुमार शाहीले समाधानलाई जानकारी दिए ।

Advertisement

उनले भने, ‘हिजो बेलुका नै स्थानीयहरु पहिरो खस्न थालेपछि सुरिक्षत ठाउँमा सर्नुभएछ । घर पुरिएका छन् । मानवीय क्षति भएको छैन ।’

गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकका अनुसार अहिले उद्धारको काम भइरहेको छ । पहिरो खसेको ठाउँमा ८० घरधुरी रहेको उनले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया