बलात्कारका आराेपित एसएसपी अधिकारीको फेरि म्याद थप
समाधान संवाददाता
२०७७ साउन ७ गते १९:१८

समाधान संवाददाता, पोखरा
बलात्कार आरोपमा पोखराबाट पक्राउ परेका सशस्त्रका एसएसपी राजेन्द्रकुमार अधिकारीलाई घटना अनुसन्धानका लागि दोस्रो पटक म्याद थप भएको छ ।
जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप भएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।
असार ३१ गते पक्राउ परेका एसएसपी अधिकारीलाई प्रहरीले पहिलोपटक साउन १ गते ७ दिनको म्याद थपेको थियो ।
घटना अनुसन्धानकै क्रममा रहेकाले दोस्रोपटक पनि म्याद थप गरिएको प्रवक्ता हमालले बताए ।
सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनका तत्कालीन प्रमुख एसएसपी अधिकारीविरुद्ध बलात्कारको आरोप छ ।
चितवनकी २७ वर्षीया १ युवतीले आफूलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरी कन्ट्रोल रुममा खबर गरेपछि अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।
सम्बन्धित







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया