कोरोनाबाट थप १ को मृत्यु, ४३ पुगे

समाधान संवाददाता २०७७ साउन ८ गते १०:०२

समाधान संवाददाता

Advertisement


नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । विरगंगमा मंगलबार मृत्यु भएका ७० बर्षीय बृद्धमा कोरोना भाइरस संक्रमणको पुष्टी भएसंगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

वीरगञ्ज माइस्थानका ७० वर्षे वृद्धको उपचारको क्रममा नारायणी अस्पताल मातहतको कोभिड–१९ अस्थायी अस्पताल गण्डकमा साउन ६ गते निधन भएको थियो ।

Advertisement

वृद्धको मृत्यु भएपछि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको डा. उदय नारायण सिंहले जानकारी दिएका छन् । मृत्यु लगत्तै स्वाब संकलन गरी पीसीआर परीक्षण भएकोमा बुधबार राति आएको रिपोर्टमा संक्रमण देखिएको हो ।

फाइल तस्विर

Advertisement

तपाईको प्रतिक्रिया