पर्वतमा बाढीपहिरोले खानेपानी आयोजना क्षति

रासस, बलेवा ।
पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा निर्माणाधीन करिब रु १३ करोड लागतको बृहत् लिफ्टिङ खानेपानी आयोजना बाढीपहिरोका कारण जोखिममा परेको छ ।
बाढीले आयोजनाको लिफ्टिङ कनेक्सन च्याम्बर र प्राविधिक भवनमा क्षति पु¥याएको छ । खानेपानी संरचनाको संरक्षणका लागि लगाइएको पक्की पर्खालसमेत बाढीले बगाएको बारीबेनी बृहत् लिफ्टिङ खानेपानी आयोजनाका सल्लाहकार नगेन्द्र थापाले बताउनुभयो ।
आयोजनास्थलको माथिपट्टि भूपि शेरचन राजमार्ग स्तरोन्नतिका कारण पहिरो झरिरहेको र अत्यधिक वर्षासँगै कालीगण्डकीमा आएको बाढीले आयोजना जोखिममा परेको बारीबेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले बताउनुभयो ।
विसं २०७२ देखि निर्माण शुरु गरिएको आयोजना नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा निर्माण भइरहेको छ । आयोजनाको कूल लागत रु १२ करोड ४३ लाख ७४ हजार रहेको छ । आयोजनाबाट जलजला वडा नं २, ३ र ४ का ९५४ घरधुरी लाभान्वित हुनेछन् ।
कालीगण्डकीको पानी शुद्धीकरण गरेर लिफ्टिङमार्फत उपभोक्ताका घरघरमा खानेपानी पु¥याउने आयोजनाको लक्ष्य छ । पूर्वाधारको काम अन्तिम चरणमा पुगेको आयोजनामा बाढी र पहिरोले क्षति पु¥याएका कारण आयोजना सञ्चालनमा आउन थप समय लाग्ने रेग्मीले बताउनुभयो ।
जलजलाको वडा नं २, ३, ४ बारीबेनी, लामाखेत, पर्वतबगरमा ‘एक घर एक धारा खानेपानी’ पु¥याउने उद्देश्यले निर्माणाधीन आयोजना अन्तिम चरणमा पुगेको थियो । बाढीपहिरोले करोडौँका संरचनामा क्षति पु¥याएकाले व्यवस्थापन गर्न स्थानीयवासीले माग गरेका छन् ।
खानेपानी आयोजनासँगै रहेको जुगेधारा खेलमैदानमा समेत बाढीले क्षति पु¥याएको छ । प्रदेश सरकारको ‘एक गाउँपालिका एक खेलमैदान’ कार्यक्रमअन्र्तगत निर्माण भएको उक्त खेलमैदान कालीगण्डकीको कटानमा परेको हो ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया