मुस्ताङमा बजार अनुमगन

समाधान संवाददाता २०७७ साउन ८ गते १९:०४

एसके थकाली
जोमसोम, ८ असार

Advertisement


मुस्ताङमा करिब २ लाख ५० हजार मुल्य बराबरको म्याद गुज्रिएका तथा अखाद्य सामान नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालयको पहलमा बिहीबार सदरमुकाम जोमसोम बजार क्षेत्रमा गरिएको आकस्मिक बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्याल, प्रशासनका शाखा अधिकृत दिवाकर पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष अधिकारी, सशस्त्र प्रहरी निरीक्षक सुधीर पाण्डे लगायत प्रशासनको टोली सम्मिलित थियो ।

Advertisement


टोलीले गरेको बजार अनुगमनमा जोमसोम बजारका करिब एक दर्जन किराना पसलबाट विभिन्न म्याद गुज्रिएका सामान बरामत गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए ।


उनका अनुसार जोमसोम बजारमा सञ्चालनमा रहेका साहरा फ्रेस हाउस, पौडेल सप्लायर्स, रिजाल सप्लायर्स, विशाल एन्ड रिजाल स्टोर्स, पूर्णिमा किराना स्टोर्स, विजय स्टोर्स, चिमाङ कोसेलीघर र धादिङ फ्रेस हाउस लगायतबाट म्याद ग्रुजिएका सामान बरामद गरिएको हो । प्रशासनले दिएको म्याद गुज्रिएको सामानहरुमा चाउचाउ, खाने तेल, बिस्कुट, चिजवल्स, प्राउन चिप्स, आटा, दालमोठ लगायत विभिन्न पेय पदार्थ छ ।

Advertisement


विश्व व्यापी माहामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस कोभिड—१९ का कारण सिर्जित लकडाउन अन्त्यसँगै मुस्ताङमा पहिलो छड्के बजार अनुगमन भएको प्रशासनका शाखा अधिकृत दिवाकरण पौडेलले जानकारी दिए ।


उनका अनुसार प्रशासनले ४ वटा समूह बनाएर जोमसोममा एकैसाथ बजार अनुगमन गरेको हो । म्याग गुज्रिएका सामानहरु जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ, प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्याल, सुरक्षा निकाय र पत्रकार लगायतको उपस्थितमा सामान नष्ट गरिएको शाखा अधिकृत पौडेलले बताए ।

….
लक डाउन अन्त्यपछि जोमसोममा छड्के बजार अनुगमन । तस्बिर : जिप्रका मुस्ताङ ।

तपाईको प्रतिक्रिया