कृर्षि फर्मलाई अनुदान रकम हस्तान्तरण

समाधान संवाददाता २०७७ साउन ९ गते ९:४८

समाधान संवाददाता

Advertisement

नेपाल सरकारले सञ्चालन गरेको पशुपंक्षी पकेट क्षेत्र प्रवद्र्धन विकास कार्यक्रम अन्तर्गत छनोट भएका कृर्षि फर्मलाई रकम हस्तान्तरण गरिएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरका १० वटा फर्मलाई बिहीबार एक कार्यक्रमबीच उक्त अनुदान रकम हस्तान्तरण गरिएको हो ।

Advertisement

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेश पोखराका लेखा अधिकृत रामजी न्यौपाने र वडा सदस्य कृष्ण गौतमले संयुक्त रुपमा पशुपंक्षी पकेट क्षेत्र प्रवद्र्धन विकास समूहका अध्यक्ष शिव केसीको रोहवरमा फर्म सञ्चालकलाई चेक हस्तान्तरण गरिएको हो ।

१० वटा फर्ममध्ये पौडेल बाख्रा फर्म र यसोधरा गेट फर्मले काम पूरा गर्न नसकेपछि कम अनुदान पाएका छन् । तल्लो कोट केसी कृषि फर्म, आचार्य बाख्रा फर्म, चारघरे बाख्रा फर्म, बाह्रभाइ बाख्रा फर्म, गर्चन बाख्रा फर्म पूजा एन्ड मिनु पशु तथा कृषि फर्म, गौतम बहुउद्देश्यीय बाख्रा फर्म र घार्मी दाजुभाइ तथा कृषि पर्फले मापदण्ड अनुरुप पूरा अनुदान पाउन सफल भएका छन् ।

Advertisement

पोखरा महानगरपालिका १९ का सदस्य कृष्ण गौतमले कृषिमा राम्रो काम गर्ने कृषकलाई सरकारले आफै खोज्दै आउने भएकोले कृषकले व्यावसायिक कृषिमा लागेर उत्पादन बढाउनतर्फ ध्यान दिनुपर्ने बताए ।

नेकपा वडा कमिटी अध्यक्ष विष्णु गौतमले सरकारले उपलब्ध गराउन अनुदान असली किसानले पाउनुपर्ने बताए ।

लामाचौरमा विगतदेखि कृषि गर्दै आएका स्थानिय मध्येबाट उत्कृष्ट कृषकहरुलाँई छनोट गरि अनुदानको लागि आवेदन भरिएको भन्दै आगामी दिनमा अझ राम्रो गरेर अगाडि बढ्ने समूहका अध्यक्ष शिव केसीले बताए ।

तपाईको प्रतिक्रिया