फार्ममा पहिरो खस्दा मरे हजार कुखुरा

गल्काेट
बागलुङ र म्याग्दी जिल्लाको सिमानास्थित रत्नेचौरको कुखुरा फार्ममा पहिरो खस्दा एक हजार कुखुरा मरेका छन् ।
अविरल वर्षापछि बिहीबार फार्ममाथिबाट गएको पहिरो र भेलका कारण पालुवा कृषि तथा पशु विकास फार्मका लेयर्स प्रजातिका एक हजारभन्दा बढी कुखुरा मरेको सञ्चालक मातृका शर्माले जानकारी दिए ।
रातको समयमा फार्ममाथिबाट आएको पहिरोले फार्मको एउटा भवनमा पूर्णरूपमा क्षति भएको छ भने अन्य पाँच भवनमा सामान्य क्षति पुगेको शर्माको भनाइ छ । लगातारको वर्षाले फार्ममाथिबाट पहिरो आउँदा कुखुरा फार्ममा क्षति पुगेपछि लगानी डुबेको शर्माले बताए ।
अण्डा दिँदै गरेका कुखुरा मर्दा रु १० लाख र भौतिक संरचनामा रु १५ लाखभन्दा बढी क्षति भएको शर्माले बताए । “पहिरोसँगै आएको माटोको लेदोले फार्ममा रहेका कुखुरा मरेका छन् भने भौतिकरूपमा ठूलो क्षति पु¥याएको छ”, शर्माले भन्नुभयो “व्यावसायिकरूपमा अण्डा उत्पादन गरी अण्डामा आत्मनिर्भर गराउने उद्देश्य पहिरोले बगाइदियो ।”
एक हजारभन्दा बढी कुखुरा मरेका छन् भने फार्ममा क्षति पुग्दा हुर्कँदै गरेका तीन हजार चल्ला र अण्डा दिँदै गरेका अन्य दुई हजार कुखुरालाई कसरी बचाउने भन्ने चिन्तामा परेको शर्माको भनाइ छ ।
पानी पर्न नरोकिएका कारण फार्ममाथिबाट अझै पहिरो खस्ने सम्भावना रहेको भन्दै शर्माले बचेका कुखुरा र चल्लालाई अन्यत्र सारेर बचाउने भए पनि जग्गा अभावमा अन्योल भएको बताए । शर्माले उत्पादन गरेका कुखुरा र अण्डा बागलुङ र म्याग्दी जिल्लामा खपत हुँदै आएको थियो ।
उनले बागलुङ जिल्लाको सिमाना नजिकै रहेको म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा विसं २०७२ देखि रु एक करोड ५० लाखको लागतमा छ भवन निर्माण गरेर पालुवा कृषि तथा पशु विकास फार्म सञ्चालनमा ल्याएका छन्। रासस
फाइल फाेटाे









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया