फार्ममा पहिरो खस्दा मरे हजार कुखुरा

गल्काेट
बागलुङ र म्याग्दी जिल्लाको सिमानास्थित रत्नेचौरको कुखुरा फार्ममा पहिरो खस्दा एक हजार कुखुरा मरेका छन् ।
अविरल वर्षापछि बिहीबार फार्ममाथिबाट गएको पहिरो र भेलका कारण पालुवा कृषि तथा पशु विकास फार्मका लेयर्स प्रजातिका एक हजारभन्दा बढी कुखुरा मरेको सञ्चालक मातृका शर्माले जानकारी दिए ।
रातको समयमा फार्ममाथिबाट आएको पहिरोले फार्मको एउटा भवनमा पूर्णरूपमा क्षति भएको छ भने अन्य पाँच भवनमा सामान्य क्षति पुगेको शर्माको भनाइ छ । लगातारको वर्षाले फार्ममाथिबाट पहिरो आउँदा कुखुरा फार्ममा क्षति पुगेपछि लगानी डुबेको शर्माले बताए ।
अण्डा दिँदै गरेका कुखुरा मर्दा रु १० लाख र भौतिक संरचनामा रु १५ लाखभन्दा बढी क्षति भएको शर्माले बताए । “पहिरोसँगै आएको माटोको लेदोले फार्ममा रहेका कुखुरा मरेका छन् भने भौतिकरूपमा ठूलो क्षति पु¥याएको छ”, शर्माले भन्नुभयो “व्यावसायिकरूपमा अण्डा उत्पादन गरी अण्डामा आत्मनिर्भर गराउने उद्देश्य पहिरोले बगाइदियो ।”
एक हजारभन्दा बढी कुखुरा मरेका छन् भने फार्ममा क्षति पुग्दा हुर्कँदै गरेका तीन हजार चल्ला र अण्डा दिँदै गरेका अन्य दुई हजार कुखुरालाई कसरी बचाउने भन्ने चिन्तामा परेको शर्माको भनाइ छ ।
पानी पर्न नरोकिएका कारण फार्ममाथिबाट अझै पहिरो खस्ने सम्भावना रहेको भन्दै शर्माले बचेका कुखुरा र चल्लालाई अन्यत्र सारेर बचाउने भए पनि जग्गा अभावमा अन्योल भएको बताए । शर्माले उत्पादन गरेका कुखुरा र अण्डा बागलुङ र म्याग्दी जिल्लामा खपत हुँदै आएको थियो ।
उनले बागलुङ जिल्लाको सिमाना नजिकै रहेको म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा विसं २०७२ देखि रु एक करोड ५० लाखको लागतमा छ भवन निर्माण गरेर पालुवा कृषि तथा पशु विकास फार्म सञ्चालनमा ल्याएका छन्। रासस
फाइल फाेटाे








‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया