साम्राज्ञी विरुद्ध भुवन केसी अदालतमा, गाली बेइज्यतीको मुद्दा हाले

समाधान संवाददाता
लामो समय देखि सामाजिक सञ्जालमा एक अर्कालाई आरोपित गरिरहेका नायक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मीको झगडा अब अदालतमा पुगेको छ ।
अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् । शुक्रबार केसीले साम्राज्ञीविरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएका छन् ।
यसअघि अभिनेता भुवन केसीले साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै कलाकार संघमा उजुरी दिएका थिए । उनले आफूविरुद्ध लगाइएको आरोप निराधार र मनगढन्ते भएको दाबी गरेका थिए ।
त्यसअघि अभिनेत्री साम्राज्ञीले विभिन्न तीनवटा फिल्ममा काम गर्दा ती फिल्मसँग सम्बन्धित व्यक्तिले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । साम्राज्ञीले फिल्ममा काम गर्ने बेलामा र जापानमा एउटा अवार्ड कार्यक्रमका क्रममा पनि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।







पोखरामा भदौ २४ को तोडफोडमा संलग्न २ जना पक्राउ
जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया