प्रचण्डको गम्भीर आरोप–ओली कै सकृयतामा एमाले दर्ता

समाधान संवाददाता २०७७ साउन ९ गते १५:५३

समाधान सम्वाददाता

Advertisement

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाएका छन् । उनले ओलीकै सक्रियतामा निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ता भएको बताएका छन्। आयोगमा सो पार्टी दर्ता हुनुले पार्टी संकटमा रहेको उनले बताए।

पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले घुमाउरो भाषामा यसअघि ओलीले नै देशभर मान्छे उतारेर विरोध प्रदर्शन गराएको संकेत गरे।

Advertisement

‘देशभरी जिन्दावाद मुर्दावाद भनेर मान्छे उतारियो। हामीलाई पनि सोधेका छन्। हामीले अहिले पख्नुस् भनेर मात्रै हो’ उनले भने।

एकताकै निम्ति पहल भइरहेकाले आफूले जुलुस ननिकालेको उनले बताए। ‘यो पदको निम्ति नभई विचार विधि र पद्धतिको वहस हो’ प्रचण्डले भने।

Advertisement

नयाँ नक्सा जारी हुनुमा कुनै व्यक्ति विशेषको मात्रै योगदान रहेको नभई सबै पक्षले मिलेर जारी गरेको प्रचण्डको भनाइ छ।

‘नयाँ नक्सा पार्टीले जारी गर्न भनेको हो, पार्टीको सचिवालय बैठक हुँदाहुँदै प्रधानमन्त्रीले मुख्यसचिवलाई त्यो प्रसङ्ग थप्न लगाउनुभएको हो’ उनले भने।

अझै पनि पार्टीमा विधि र विचारको विकास हुने र नफुट्ने विश्वास आफूमा रहेको उनले बताए।

केही व्यक्तिको चोचोमोचो मिलेर मात्रै पार्टी अघि बढ्न नसक्ने भन्दै उनले विचार र सिद्धान्तबाट मात्रै अघि बढ्ने बताए। पार्टीले सरकार चलाउनुपर्नेमा अहिले सरकारले पाटी चलाएजस्तो भएको उनको टिप्पणी छ।

बहुदलीय जनवादलाई आफूहरुले अस्वीकार नगरेको स्पष्ट पार्दै प्रचण्डले अनावश्यक बखेडा झिकेर विवादमा नल्याउन पार्टीका नेताहरुलाई आग्रह गरे।

पार्टीको सिद्धान्त, विधि विधानका विषय केन्द्रीय समिति बैठकले नै टुङ्गो लगाउने भए पनि लामो समयदेखि बैठक बस्न नसक्दा अन्यौलताजस्तो देखिएको उनले बताए।

तपाईको प्रतिक्रिया