कोरोनाबाट ज्यान गुमाउने ४४ पुगे

समाधान संवाददाता २०७७ साउन ९ गते १७:३८

काठमाडौं

Advertisement


कोरोना भाइरस रोग (कोभिड१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरकी संक्रमित ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएपछि मुलुकमा अब कोरोनाबाट मर्नेको संख्या ४४ पुगेको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका शुक्रबारसम्म ५ हजार ३सय ८३ जना कोरोनाका संक्रिय बिरामी छन् ।

Advertisement


वीरगन्जको गण्डकस्थित अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचाररत ८५ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।


मुटु रोगी ती वृद्धाको स्वास्थ्यमा समयस्या देखिएपछि ५ दिन पहिले वीरगन्जकै एडभान्स हस्पिटलमा भर्ना गरिएको थियो ।

Advertisement

एडभान्स हस्टिलमा उपचारका क्रममा कोरोनाको लक्षण देखिएपछि गत मंगलबार उनको स्वाब परीक्षणका लागि नारायणी अस्पतालको प्रोगशालामा पठाइएको थियो । प्रयोगशालाको परीक्षणमा गत बुधबार राति उनमा संक्रमण पुष्टि भएको थियो ।

बिहीबार पनि वीरगन्जमा कोरोना संक्रमित ७० वर्षीया एक वद्धको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया