गोपाल प्रथम स्मृति दिवस मनाइयो
समाधान संवाददाता
समाजसेवी गोपाल गुरुङको प्रथम स्मृति दिवस शुक्रबार पोखरामा मनाइएको छ । पोखरा रंगशालाअगाडिको पञ्चकोसी समाज घरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । पर्वत आर्थरका गोपालको पोहोर ६० वर्षको उमेरमा निधन भएको थियो ।
पञ्चासे क्षेत्रको समग्र विकासको निम्ति ३ दशकदेखि निरन्तर लागेका गुरुङलाई सधै जीवित राख्न पञ्चासेसँग सरोकार राख्ने विभिन्न संघसंस्था, समाजका प्रतिनिधिको सुझाव अनुसार पञ्चासेमा गोपाल स्मृति पार्क निमार्ण गर्ने निर्णय भएको थियो ।
पार्क निमार्णका लागि क्या. हितमान गुरुङको अध्यक्षतामा एघार सदस्यीय गोपाल पञ्चासे स्मृति पार्क निमार्ण उपभोक्ता समिति गठन गरिएको थियो । प्रथम स्मृति दिवस सोहि समितिको आयोजना मनाइएको हो । आप्mनो सारा जीवन समाजसेवामा बिताउनु भएका गुरुङ जीवनको पूर्वार्धमा राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँले पञ्चायतकालमा प्रधानपञ्च र बहुदलिय व्यवस्था आए पश्चात समेत गा.वि.स.अध्यक्षमा निर्वाचित भई गाउँ र जनताको सेवा गरेका थिए ।
उनको नेतृत्वकालमा गाउँमा खानेपानी, सडक, सिँचाइ, हेल्थपोस्ट, वनसंरक्षण जस्ता अनेक विकासका कार्य भएका थिए । २०५४ पश्चात उनको ध्यान पञ्चासे क्षेत्र तर्फ गयो ।
सक्रिय राजनीतिदेखि थौरै पर रहेर पूर्णरुपमा समाजसेवी भई धार्मिक र पर्यटकिय दृष्टिकोणले अति महत्व बोकेको पञ्चासेको विकासमा दत्तचित्त भइ लागे ।
पञ्चासे वरपरका विभिन्न संघसंस्था र सरोकारवाला निकायहरुसँग आवद्ध भई गुरुयोजना बनाउनुका साथै पञ्चासेलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन उनको मुख्य भूमिका छ ।
कार्यक्रममा सहसचिव दिलबहादुर भट्टराईले कार्यप्रगति सुनाए । अध्यक्ष क्य. हितमान गुरुङले पार्क निर्माणका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँग पनि समितिले आर्थिक सहयोगका लागि पहल गरिरहेको बताए ।
पञ्चासे बुद्ध विहारका प्रमुख मीन गुरु, शिक्षा सेवी शेरबहादुर गुरुङ, बाह्रबिसे पैंगिलामा परिवार पोखराका अध्यक्ष नासु कुलबहादुर गुरुङ र समितिका सचिव चिजकाजी गुरुङले स्व. गोपाल गुरुङको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा स्मृति पार्क निमार्णार्थ सहयोग स्वरुप उनको परीवार, चेलिबेटी, विभिन्न संघसंस्थाा र व्यक्तिहरुद्वारा रकम हस्तान्तरण गरिएको थियो ।
तपाईको प्रतिक्रिया