होम क्वारेन्टाइनमा बसेका पोखरा १८ का पुरुषमा कोरोना

समाधान संवाददाता २०७७ साउन १० गते १५:०२

समाधान संवाददाता, पोखरा

Advertisement

पोखरामा होम क्वारेन्टाइनमा बसेका पुरुषमा कोरोना पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोरोना प्रयोगशालनमा गरिएको परीक्षणमा पोखरा–१८ का २२ वर्षे पुरुषमा कोरोना पुष्टि भएको हो ।

Advertisement

पोखरा महानगरको स्वास्थ्य महाशाखाका अनुसार उनी भारतको सिक्किमबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए ।

उनी विन्ध्यवासिनी मन्दिर पश्चिम तिरबाट सराङकोट जाने बाटो नजिकैका बासिन्दा रहेको महानगरले जनाएको छ ।

Advertisement

स्वाब परीक्षणका लागि पठाइएकोमा शनिबार कोरोना पोजेटिभ देखिएको हो ।

योसहित पोखरामा कोरोना पुष्टि हुनेको संख्या ९१ पुगेको छ ।

तपाईको प्रतिक्रिया