पोखराको कोरोना प्रयोगशालाको जेनेरेटर बिग्रिँदा परीक्षण रोकियो

समाधान संवाददाता २०७७ साउन १० गते १६:४४

समाधान संवाददाता, पोखरा

Advertisement

पोखराको कोरोना प्रयोगशालामा अहिले स्वाब परीक्षण रोकिएको छ । रामघाटस्थित प्रदेश क्षयरोग केन्द्रमा स्थापना गरिएको ल्याबको जेनेरेटर र ट्रान्समिटरमा समस्या देखिएपछि शुक्रबार बिहानबाटै परीक्षण हुन सकेको छैन ।

अहिले समस्या समाधान गरेर परीक्षण पुनः सुरु गर्न लागिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिइन् । उनले भनिन्, ‘हिजो बिहानदेखि बत्तीमा समस्या भएको हो । अहिले बनिसक्यो । अब परीक्षण सुरु हुन्छ ।’

Advertisement

शुक्रबार परीक्षण हुन नसकेका स्वाब आज परीक्षण गरिने सुवेदीले बताइन् । हाल पोखरामा २ वटा प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्रमा पिसिआर मेसिन जडान गरिएको छ । दुवै ल्याबबाट दैनिक ३ सयसम्म स्वाब परीक्षण हुँदै आएको निमित्त निर्देशक सुवेदीले बताइन् ।

Advertisement

क्षयरोग केन्द्रमा १ महिनाअघि मात्र कोरोना परीक्षण थालिएको हो । क्षेत्रीय अस्पतालको प्रयोगशालामा भने चैत तेस्रो हप्तादेखि परीक्षण सुरु भएको हो ।

तपाईको प्रतिक्रिया