आज १०९ थपिए, जम्मा १८,४८३ संक्रमित, १३,०५३ रोग मुक्त

समाधान संवाददाता २०७७ साउन १० गते १६:४२

समाधान संवाददाता

Advertisement

नेपालमा थप १०९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र एक व्यक्तिको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।

यससँगै शुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,४८३ पुगेको छ।

Advertisement

अहिलेसम्म ४५ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

मन्त्रालयका अनुसार कोभिड(१९ पुष्टि भएका मानिसमध्ये अहिलेसम्म १३,०५३ रोगमुक्त भएका छन्।

Advertisement

विगत २४ घण्टामा पीसीआर विधिबाट ४,०७५ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

सो अवधिमा १०६ जना कोरोनाभाइरसमुक्त प्रमाणित भएका छन्।

अहिले देशभरिका क्वारन्टीनमा १८,१८३ जना छन्।

नेपालमा पुष्टि भएका अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन्।

तीमध्ये पनि २०(४० वर्ष उमेर समूहका व्यक्ति सर्वाधिक भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको कुल सङ्ख्या ४,००० नाघेको छ।

तपाईको प्रतिक्रिया