ब्राजिलमा संक्रमितको संख्या २३ लाख नाघ्यो, ८५ हजारभन्दा बढीको मृत्यु

साउन (रासस÷एएनआई)
ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । यहाँ हरेक दिन हजारौँको संख्यामा संक्रमितहरु थपिएसँगै संक्रमितको संख्या २३ लाख नाघेको हो ।
यहाँ गएको २४ घन्टा यतामात्र संक्रमितको संख्या ५५ हजार नाघेको छ । शुक्रबार मात्र यहाँ ५५ हजार ८९१ जना संक्रमित थपिएका छन् । एकै दिनमा यतिधेरै संख्यामा संक्रमित थपिएका हुन् । तर बिहीबार मात्र पनि यो भन्दा पनि बढी संक्रमित थपिएका बताइएको थियो ।
बिहीबार मात्र त्यहाँ २४ घन्टामा ५९ हजार ९६१ जना संक्रमित थपिएका र एकै दिनमा यो पहिलो पटक त्यहाँ यतिधेरै संख्यामा संक्रमित थपिएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जनाएका थिए ।
उनीहरुका अनुसार यो संख्या यहाँका संक्रमितको संख्या २३ लाख ४३ हजार ३६६ पुगेको छ । यहाँ संक्रमण शुरु भएयता देखि १५ लाख भन्दा बढी मानिस निको भएर घर फर्किएका पनि बताइएको छ ।
ब्राजिल विश्वमै सबैभन्दा धेरै संक्रमित भएका देशमध्ये दोस्रो हो । सबैभन्दा धेरै संक्रमितहरु अमेरिकामा छन् । अमेरिकामा कोरोनाका करिब ४० लाख संक्रमित पुगेका छन् । ब्रालिजमा गएको २४ घन्टायतामात्र १ हजार १५६ जनाको ज्यान गएको छ ।
कोरोना संक्रमितहरुको मृत्यु हुने संख्या पनि यहाँ दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । विश्व स्वास्थ्य संगठनले गएको मार्च ११ मा कोेभिड १९ लाई महामारीका रुपमा घोषणा गरेको थियो ।
त्यसयता विश्वका विभिन्न देशमा गरी एक करोड ५६ लाख मानिसहरु संक्रमित भइसकेका छन् । त्यस्तै यो महामारीबाट ६ लाख ३६ हजार जनाको ज्यान पनि गएको छ । यो भाइरसबाट सबैभन्दा बढी व्यक्ति संक्रमित हुने र ज्यान जाने देश अमेरिका हो ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया