बागलुङमा पहिरोमा पुरिएर २ जना बेपत्ता
समाधान संवाददाता
२०७७ साउन ११ गते ८:२३

समाधान संवाददाता, पोखरा
बागलुङमा पहिरोमा पुरिएर २ जना बेपत्ता भएका छन् । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोमा पुरिएर टिपर र ट्रयाक्टर चालक बेपत्ता भएको बागलुङका प्रहरी प्रमुख एसपी शारदाप्रसाद चौधरीले जानकारी दिए ।
पहिरोले जेसिबी पनि पुरेको तर त्यसका चालक सुरक्षित रहेको एसपी चौधरीले जानकारी दिए । २ जना चालकबाहेक अरु पनि पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।
एसपी चौधरीले भने, ‘अहिले पुरिएको टिपर र ट्रयाक्टर खोज्दै छौं । जेसिबीमा बच्चा पनि थियो भन्ने आएको छ ।’ उनका अनुसार शनिबार राति साढे ७ बजे पहिरो खसेको हो ।
सम्बन्धित







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया