बेँसीशहर–चामे सडक अबरुद्ध

लमजुङ, रासस ।
अविरल वर्षाले पहिरो जाँदा गत आइतबारदेखि अवरुद्ध बनेको बेँसीशहर–चामे सडक अझै सञ्चालनमा आउन सकेको छैन । लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकखण्डअन्तर्गत विभिन्न स्थानमा गएको पहिरो हटाई नसक्दा करिब एक हप्तासम्म सडक सञ्चालनमा आउन नसकेको हो ।
साउन ४ गते ६५ किलोमिटर रहेको यस सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिकाको खरखरे भीर, पुवाखोला, मस्र्याङ्दी गाउँपालिकाको रामबजार, घोप्टेभीर, स्यागे, च्याम्चे, म्यादीलगायतका स्थानमा गएको पहिराले सडक अवरुद्ध बनाएकोमध्ये च्याम्चे र म्यादीको पहिरो हटाउन बाँकी रहेको सडक डिभिजन कार्यालय दमौलीका सव इञ्जिनीयर सुमन अधिकारीले बताउनुभयो ।
यस स्थानका विभिन्न पहिरो हटाइसकेको र सो दुई स्थानका पहिरो एक÷दुई दिनमा हटाइसक्ने र सवारी साधन सञ्चालन हुने उहाँको भनाइ छ । “ठूलाठूला पहिरो गएकाले एक्साभेटरले पहिरो हटाउनका लागि समय लागिरहेको छ ।”
बेलाबेला अविरल वर्षा भइरहँदा पहिरा हटाइसकेको स्थानमा पनि पुनः पहिरा जाँदा सडक अवरुद्ध भइरहेकाले सडक सञ्चालनमा थप समस्या उत्पन्न भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
लमजुङबाट मनाङ जाने र त्यहाँबाट यता आउने पैदल यात्रु तथा स्थानीयहरु जोखिम मोलेर हिड्डुल गर्न बाध्य भएका छन् । यस सडकमा वर्षेनी वर्षायाममा सडक अवरुद्ध हुँदा विभिन्न समस्या पैदा हुँदै आएको छ । विसं २०६९ बाट सडक सञ्चालनमा आएयता वर्षेनी वर्खायाममा पटक पटक सवारीसाधन अवरुद्ध हुँदै आएको छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया