बाग्लुङका वेपत्ता २ मध्ये १ काे शव फेला
समाधान संवाददाता
२०७७ साउन ११ गते १३:२२
रासस, वलेवा ।
शनिबार राति बाग्लुङ नपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरामा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ ।
पहिरामा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो ।
बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान शनिबार रातिको पहिरामा परी बेपत्ता भएका थिए । उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको खोजी भइरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।
सुख्खा पहिरो झरिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । पहिरामा परी स्काभेटर, ट्याक्टर र टिपर पुरिएका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया