रञ्जन कोइरालाको फैसला पुनरावलोकनका लागि अनुमति
समाधान संवाददाता, पोखरा ।
पूर्व डिआईजी रञ्जन कोइरालाको जेल मुक्त गर्ने गरी प्रधानन्याधिश सहितको बेञ्चले गरेको फैसला पुनरावलोकन हुने भएको छ ।
नेपाल सरकारका महान्याधिवक्ताले पुनरावलोकनका लागि सर्बोच्च अदालतमा निवदेन दिएका थिए । सोही निवेदन माथि आईतबार सुनुवाई पछि ३ सदस्यीय बेञ्चको इजलासले पुनरावलोकन गर्न अनुमति दिने आदेश सुनाएको हो ।
न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएपछि सो फैसाला माथि फेरि अध्ययन हुने भएको हो ।
पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । सर्वोच्चको फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका छन् ।
तपाईको प्रतिक्रिया