गृह मन्त्रालयको निर्देशन–मास्क नलगाई हिड्नेलाई कारवाही गर्नु

समाधान संवाददाता २०७७ साउन ११ गते १५:१०

समाधान सम्वाददाता

Advertisement

गृह मन्त्रालयले मास्क नलगाई बाहिर निस्कनेलाई कारवाही गर्न यस अघि पनि निर्देशन दिएको थियो । त्यसको एक दुई दिन प्रहरीले कारवाही पनि गर्यो । तर अहिले फेरि बजारमा मास्क लगाउने भन्दा नलगाउनेको संख्या अत्याधिक छ ।

त्यसैले गृहमन्त्रालयले आइतबार फेरि अर्को निर्देशन जारी गरेको छ । ७७ वटै जिल्लालाई दिइएको निर्देशनमा मास्क नलगाई बाहिर निस्कने जो कोहीलाई कारवाही गर्न भनिएको छ ।

Advertisement

यसअघि पनि लकडाउन नखुल्दै असार २२ गते गृहमन्त्रालयले मास्क नलगाई हिँड्नेहरूलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो।

केही जिल्लामा निर्देशनको पालना भए पनि धेरैले मास्क नलगाई हिँड्ने गरेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया