प्रमुख सचिव बस्यालको बिदाइ

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याललाई पाल्पाली समाज पोखराले बिदाइ गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवमा सरुवा भएका उनलाई समाजले शनिबार बिदाइ गरेको हो ।
कार्यक्रममा बस्यालले दुर्गमका जनतामाझ सञ्चार तथा सूचना प्रविधिको पहुँच पुर्याउन आफूले सक्दो प्रयास गर्ने बताए । उनले न्यूनतम लागतमा सञ्चार तथा सूचना प्रविधिको उपयोग गर्दै समृद्धि हासिल गरी रोजगारमूलक समाजको विकास गर्नुपर्नेमा जोड दिए ।
नेपाल सरकारले आफूलाई दिएको जिम्मेवारी पूरा गर्ने भन्दै उनले सञ्चार तथा सूचना प्रविधिको लागत घटाउँदै गुणस्तरमा वृद्धि गर्ने प्रतिबद्धता पनि जनाए । उनले नेपालमा पत्रकारिताको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सुखी नेपाली, समृद्ध नेपालको नारा सफल पार्ने बताए ।
उनले पाल्पालीहरु स्वभावै निकै इमान्दार र मेहनेती रहेको उल्लेख गर्दै पोखरामा आएपछि पाल्पालीहरु उद्यमशील पनि रहेछन् भन्ने थाहा पाएको बताए । बस्यालले पोखरामा करिब १६ महिने बसाइँमा यहाँ पाएको स्नेह र माया कहिल्यै नभुल्ने बताए ।
पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरेले बस्याल प्रशासनिक क्षेत्रमा प्रदेशकै उच्च पदमा रहँदा समाजले पनि गौरव गर्ने अवसर रहेको स्मरण गरे । उनको अझै प्रगति र उन्नतिको कामना समेत अध्यक्ष घिमिरेले गरे ।
बस्याललाई मायाको चिनो, ढाकाटोपी, खादा र अबिर लगाएर बिदाइ गरिएको हो । साथमा उनकी धर्मपत्नी काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक सविता बस्याललाई दोसल्ला, माला लगाएर सम्मान गरिएको थियो ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया