सुनवलमा पोखरा फाइनान्सको शाखा

समाधान संवाददाता २०७७ साउन ११ गते १७:३६

पोखरा

Advertisement

पोखरा फाइनान्स लिमिटेडले नवलपरासी पश्चिम सुनवल नगरपालिका १ मा २१ औं शाखा उदघाटन गरी सञ्चालनमा ल्याएको छ ।

राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तार गर्ने हेतुले क्रमशः शाखा विस्तार गदै जाने जानकारी प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए ।

Advertisement

चुक्ता पुँजी ९१.७२ करोड रहेको वित्तीय संस्थाको हालसम्म निक्षेप ७ अर्ब ५८ करोड तथा कर्जा लगानी ६ अर्ब ३३ करोड छ ।

ती शाखा मार्फत् संस्थाले निक्षेप संकलन, कर्जा लगानी, मोवाइल बैंकिङ, सिआस्वा, आइपिएस, चेक क्लिअरिङ, रेमिटेन्स लगायतका आधुनिक बैंकिङ सेवा दिइने कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिए ।

Advertisement



तपाईको प्रतिक्रिया